सामाजिक सञ्जाल मार्फत् अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत् समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा, वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आइडी मार्फत् अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनी विरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार