आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमानसँग एक विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपालले ओमनसँग पराजित भएको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

क्यानडाको किङ सिटिमा भएको प्रतियोगितामा नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा सो लक्ष्य दिएको हो । खेलमा ओमानले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोडे । उनले दुई चौका र चार छक्क प्रहार गरेका थिए । खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए ।

त्यस्तै आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेखले ८८ बलमा ३५ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोडे । त्यसक्रममा उहाँले तीन चौका र पाँच छक्का प्रहार गरे ।

खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिएका थिए । नेपालले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९। ५ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । ओमानको लागि कश्यप प्रजापतीले ३६ रन बनाए भने जतिन्द्र सिंहले ४१ रन जोडे । त्यस्तै कप्तान अकिब इलियसले २९ रन जोड्दा प्रतिक अथभले २६ रन बनाए । यस्तै सकिल अहमेद १७ र कलिमुल्लाह ६ रनमा अविजित रहे ।

नेपालका लागि गुल्सन झाले ५ विकेट लिए भने सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिंदा करण केसीले २ विकेट लिए । अब नेपालले तेस्रो खेल सेप्टेम्बर २२ मा क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि पुन:ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

सम्बन्धित समाचार