आईसीसी विश्वकप लिग–२ : ओमानसँग दोस्रो खेल खेल्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो पटक ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

जारी सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । यस सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने सिरिजको दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले हार्न पुग्यो ।

लगातारका दुई पराजयले नेपाली टोली दबाबमा परेको छ । लिग-२ मा नेपालले ६ खेलमा १ जित र ५ हार सहित अंक तालिकामा सातौं स्थानमा रहेको छ ।

नेपाली टोलीलाई आजको खेल जित्नैपर्ने दबाबमा परेको छ । विश्वकप लिग- २को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

सम्बन्धित समाचार