नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका नेपाली विषयका प्राध्यापक डा देवी नेपाल अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनुहुने भएको छ ।
भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीका नाममा स्थापित ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकारलाई दिने निर्णय गरेको हो ।
बहुमुखी प्रतिभा नेपाललाई आगामी डिसेम्बर ५ देखि ८ मा उत्तरी असमको गोलाघाट जिल्लाको सरूपथार सहरमा हुने सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा सो पुरस्कार दिइने भएको छ ।
नेपाली रू एक लाख राशि सहितको पुरस्कार प्रदान गरिने गरी निर्णय गरिएको सभाका कार्यकारी सभापति डा चिन्तामणि शर्मा, सभापति दुर्गा खतिवडा र मूल सचिव मदन थापाले लेख्नुभएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।
यसअघि सभाले साहित्यकार नेपाललाई यस वर्षको ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ दिने निर्णय गरेको थियो ।