सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुर बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ ।

त्यस्तै नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-३ कालिगण्डकी करिडोरमा रामपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको ग.१६ प १६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तनहुँ ऋसिङ्ग गाउँपालिका-४ बस्ने ३० वर्षीय सोम कुमार श्रेष्ठको मृत्यु भएको छ ।

बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार