जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कैलाली, चुरे गाउँपालिका-५ खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार