सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ३९ वर्षीय बाबु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।

काठमाडौं नागार्जुन नगरपालिका-६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट दुई तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार