नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बागलुङ, वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाई आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ छुरिगाउँ बस्ने ५० वर्षीया शर्मिला डिम्डुङग सोही गाउँपालिका-४ पौवास्थित पौवा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यता काठमाडौं महानगरपालिका-१४ बल्खु डेरा गरी बस्ने महोत्तरी भांगाह नगरपालिका-४ घर भएका ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-२४ नरदेवीस्थित पसरननी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहट, देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनिया टोलस्थित लाल बकैया खोला नजिक खाल्डोमा जमेको पानीमा बौधीमाई नगरपालिका-५ कोप्वा टोल बस्ने शेख मनाउल्लाहकी छोरी ६ वर्षीया शबाना खातुन र छोरा ३ वर्षीय अबदुल रहमान आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित हाटबजार लाग्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । उता संखुवासभा, चैनपुर नगरपालिका-१० हात्तिसुडे बस्ने ४८ वर्षीय सूर्य बहादुर दर्जी सोही ठाउँस्थित आफ्नै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


