बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाग्लुङ, बाग्लुङ नगरपालिका-१० घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका-१० मनमैजुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

सम्बन्धित समाचार