करेन्ट लागेर दुई जनाको मृत्यु

देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका-४ चैत्ता बस्ने ३५ वर्षीया रेखा देवी सिंहको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको माथि टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार