कार दुर्घटना हुँदा सात जनाको मृत्यु

पूर्वी म्यानमारको शान राज्यमा ३० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको म्यानमाको अग्नि सेवा विभागले जनाएको छ ।

दुर्घटना शनिबार राति करिब स्थानीय समय अनुसार ८ बजे भएको हो । एक स्थानीय प्रहरी अधिकारीले आइतबार बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताउनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये पाँच पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार