नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ चैत ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-३ फेदीस्थित छाप्रोमा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-८ घर भएका ४९ वर्षीय हेमलाल हेम्जन सोही छाप्रोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-६ राधाकृष्ण चोक नजिकै बाटोको किनारामा सोही नगरपालिका-४ संगमटोल बस्ने ७० वर्षीय लक्ष्मी नाथ पोख्रेल सोमबार मृत अवस्थामा फेला परेका छन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


