

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले को राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।
तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएको हो ।
थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा अप्रिल १० तारिफ देखि १६ सम्म आयोजना भएको मेलामा नेपाल सहित मेक्सिको, श्रीलंका, रसीया र थाइल्यान्डको सहभागी थिए।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा. आरसी कोइराला “रामचन्द्र” को नेतृत्वमा सहभागी हुन त्यसतर्फ गएको टोलीमा डा. कोइरालाको साथै नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशकाका पदाधिकारी तथा कलाकारहरु, श्री लोकेन्द्र शाह, साबित्री बुढाथोकी (मीना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मन्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लिला घिमिरे, माया बस्यालको सहभागि भएका थिए ।
सोही अवसरमा समुहका प्रमुख डा कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।

