

नेपालको राजनीति एक पटक फेरि संक्रमणको मोडमा पुगेको छ। पुराना दलहरू सत्ता समीकरण र गुटबन्दीमा रमाइरहेका छन्, जनताका मुद्दा भाषणमा सीमित छन् र विकासका एजेन्डा चुनावका पोस्टरसम्म मात्र सीमित छन् । यिनै निराशाबीच उदाएको हो- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको नेतृत्वमा बनेको यो दलले छोटो समयमा जनताको विश्वास जित्दै संसदसम्मको यात्रा तय गर्यो। तर त्यही यात्रामा अहिले प्रश्नहरू उब्जिन थालेका छन्- के रास्वपा दीर्घकालीन राजनीतिक विकल्प बन्न सक्छ ? कि यो पनि समयसँगै हराउने अर्को सपना मात्र हो ?
नेपाली राजनीति
नेपालको लोकतान्त्रिक अभ्यासले तीन दशक पार गरिसकेको छ तर यथार्थ के हो भने, अझै पनि सत्ताको खेलले नीति र मूल्यलाई छायामा पारेको छ। जनता भन्छन् – नेता फेरिए, व्यवहार फेरिएन। यही असन्तोषले जन्म दियो वैकल्पिक राजनीतिको खोज । रास्वपा त्यसको उत्पादन हो तर उत्पादन मात्र भएर पुग्दैन, उत्पादकत्व पनि देखाउन सक्नुपर्छ।
रास्वपा
चुलिँदो कलह र धमिलो भविष्य निर्वाचनमा चमत्कारी प्रवेश पाएको रास्वपा आज आफ्नै घरभित्रै असहज स्थिति बेहोर्दै छ । केन्द्रीय नेतृत्वमा एकल व्यक्तिको प्रभाव, संस्थागत निर्णय प्रक्रियाको अभाव र नेताहरूबीचको आपसी अविश्वासले पार्टीभित्र दरार गहिरो बनाउँदै लगेको देखिन्छ।
“नयाँ दल भनेर समर्थन त पायौं तर हामी पुरानै शैलीमा चल्न थाल्यौं भने जनता फेरि निराश हुनेछन्,” पार्टीभित्रका एक नेताले नाम नखुलाउने शर्तमा भने।
गठबन्धनको राजनीतिमा रमाउन थालेको रास्वपा आन्तरिक रूपमा आफूलाई स्थिर बनाउन सकेन भने यो तरङ्ग जति चाँडै माथि उठेको थियो, त्यही गतिमा तल झर्न पनि सक्छ ।
रवि लामिछाने
नेता नायक कि विवादको केन्द्ररु रवि लामिछानेको प्रवेशले नेपाली राजनीति निकै समयसम्म ‘हाइट’मा रह्यो। सशक्त वक्ता, सिधा शैली, र आम मानिससँग जोडिन सक्ने क्षमता( यी सबै कारणले उनले धेरैको मन जिते। तर, राजनीतिमा शैली मात्र होइन, संस्थागत सोच, नीति, र धैर्य पनि चाहिन्छ।
गृहमन्त्रीको हैसियतमा भएको विवाद, नागरिकता प्रकरण र कोर्टको निर्णयले उनलाई अस्थायी रूपमा राजनीतिक धरातलबाट तल झारे पनि उनले पुनः निर्वाचन जित्दै आफ्ना आलोचकलाई जवाफ दिएका छन्। तर, अहिले प्रश्न उठिरहेको छ( के रवि लामिछानेले ‘म व्यक्ति हुँ, संस्था होइन’ भन्ने बुझाइलाई आत्मसात गरेर अगाडि बढ्न सक्छन् रु
सम्भावनाको खाका
के हुन्छ रास्वपाको अर्को मोड रु रास्वपाले आफूलाई केवल “जनताको पार्टी” भनेर चिनाउन चाहन्छ भने त्यसका लागि व्यवहारमा पनि त्यस्तै देखिनुपर्छ। पार्टीभित्र स्पष्ट विचार, योजना, नीति र साझा नेतृत्व आवश्यक छ। यदि पार्टी अझै व्यक्ति केन्द्रित शैलीमै अड्किरहन्छ भने, यो लामो दूरीको यात्रामा साथ दिन नसक्ने लक्षण देखिन्छ। तर, समयमै आत्ममूल्यांकन, संरचनात्मक सुधार र जिम्मेवार राजनीतिक अभ्यास सुरू गर्यो भने, रास्वपा नेपाली राजनीतिमा एउटा मजबुत विकल्प बन्न सक्छ।
निष्कर्ष
विकल्प खोज्ने जनताका आँखा अझै खुला छन् र नेपाली समाज सचेत पनि छ। जनतालाई थाहा छ – बदलाव भाषणले होइन, व्यवहारले देखिनुपर्छ। त्यसैले नयाँ अनुहारप्रति अवसर त दिन्छन् तर लामो साथ तब मात्र हुन्छ जब विश्वास कायम रहन्छ। रास्वपाले थालनीमा जनताको विश्वास जितिसकेको छ- अब चुनौती हो, के त्यो विश्वासलाई जोगाउन सकिन्छरु रबि लामिछानेको नेतृत्व अब केवल करिश्मा होइन, परिपक्वता र समावेशी सोचबाट मूल्यांकन हुनेछ।
राजनीति अब विकल्पको युगमा प्रवेश गरिसकेको छ। तर, त्यो विकल्प स्थायी बन्न– नीति, नेतृत्व र नैतिकता सबैको एकसाथ उपस्थिति आवश्यक हुन्छ।

