नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।


स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।
आइतबार प्रतितोला रु एक लाख ८४ हजार एक सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८४ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आपनी पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

