नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

