सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

बिहीबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजारले सुनको मूल्य बढेको छ । चाँदीमा पनि प्रतितोला रु २० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९४५ मा बेचबिखन भइरहेको छ ।

बिहीबार प्रतितोला सुन रु एक लाख ८१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९२५ मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार