

आइतबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु छ सयले सुनको मूल्य बढेको हो भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९४५ मा बेचबिखन भइरहेको छ ।
आइतबार प्रतितोला सुन रु एक लाख ८४ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९४५ मा खरिदबिक्री भएको थियो ।

