नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य सामान्य घट्दा स्थानीय बजारमा पनि त्यसको प्रभाव पर्दा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।
आइतबार प्रतितोला एक लाख ९१ हजार ८०० मा कारोबार भएको पहेँलो धातु आज एक लाख ९१ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहँदै रु दुई हजार पाँचमा कारोबार भएको छ । आइतबार पनि सोही परिमाणको चाँदी दुई हजार पाँचमा कारोबार भएको थियो । चाँदीको मूल्य केही दिनयता स्थिर रहँदै आएको छ ।

