सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु१०० ले घटेको हो भने चाँदी भने तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ६०० कायम भएको छ । आइतबार भने एक तोला सुनको मूल्य शुक्रबारको तुलनामा तीन हजारले घट्दै रु एक लाख ९० हजार ७०० कायम भएको थियो ।

यता आज चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा दुई हजार १४५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार