नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २३ दशमलव १९ अङ्क अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । सोमबार १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

सोमबारको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् ।

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् । साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजारपुँजिकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

सम्बन्धित समाचार