नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य रु ६०० ले घटेको हो भने चाँदी भने तोलामा रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार कायम भएको छ । सोमबार भने एक तोला सुनको मूल्यरु एक लाख ९० हजार ६०० कायम भएको थियो ।
यता आज चाँदीको मूल्य भने तोलामा दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको भएको छ । यसअघि सोम्ब्र चाँदीको मूल्य तोलामा दुई हजार १५० रुपैयाँ कायम भएको थियो ।
