नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसंगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार ३०० ले बढेको हो ।
आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ३०० कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो ।
यता चाँदी मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा दुई हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
