मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । धादिङ, सिद्धलेक गाउँपालिका-५ आँपटार बस्ने ३० वर्षीय सोम बहादुर चेपाङ सोही गाउँपालिका-५ स्याकुटारस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काभ्रे, पाँचखाल नगरपालिका-३ थुम्का बस्ने ४९ वर्षीया मान कुमारी सुनुवार आफ्नै घरमा गए राति मृत अवस्थामा फेला परेकी छिन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१ पुलचोकस्थित नारायणी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार