नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असार ।


बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका विकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् ।
विकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित विकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
