नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ कर्मास्थित कर्मा खोलामा मायादेवी गाउँपालिका- १ पकडी बस्ने ४१ वर्षीय राधेश्याम कोरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ धिप्लुङ बस्ने ७० वर्षीय लाल बहादुर कार्की सोही गाउँपालिका-६ स्थित धन्सार खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङ, सुनवर्षी नगरपालिका-६ नयाँचोकमा रतुवामाई नगरपालिका-५ बस्ने २५ वर्षीय सागर ताजपुरिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापा, कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाको किनारमा सोही गाउँपालिका-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाको छोरा १२ वर्षीय सुसान शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखा, पालुङटार नगरपालिका-७ स्थित प्याउदी खोलामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी तनहुँ, भिमाद नगरपालिका-२ खोरीदमा बस्ने ७३ वर्षीय हरि प्रसाद सिग्देल सोही ठाउँस्थित वरको रूखको चौतारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ शहिद चोकस्थित सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-१४ मोतिगंजस्थित कुलोमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
