नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार ।


एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक आरसी कोइराला (रामचन्द्र) “सांस्कृतिक राजदूत” सम्मानबाट सम्मानित हुनुभएको छ ।
बज्रयोगिनी नृत्य तथा संगीत एकेडमीले राजधानीमा आयोजना गरेको एसईइ नृत्य प्रतियोगिता २०२५ मा कार्यक्रमका प्रमुख अतिथि संस्कृतिमन्त्री बद्री प्रसाद पाण्डेले कोइरालालाई सम्मानित गर्नुभएको हो । कार्यक्रममा कोइरालासंगै लोक गीत संगीतका सम्राट नारायण रायमाझी, चरिया गुरु राजेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार गोरे गुरुङ, चलचित्र कोरियोग्रफर कबिराज गहतराज लगायत श्रस्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष महेश गोदारले नेपालमा आयोजना हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्षलाई सम्मान गर्न पाउनु बज्रयोगिनी नृत्य तथा संगीत एकेडमी सिङ्गो परिवारलाइ गर्बको कुरा रहेको बताउनुभयो ।
कोइरालाको नेतृत्वमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले हालसम्म ८० भन्दा बढी देशहरूमा नेपाल र नेपाली कला संस्कृतिको प्रचारप्रसार तथा प्रबर्द्धन गर्न ठुलो भूमिक निर्वाह गर्नु भएको छ । यसको साथै कोइरालाले अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला मार्फत विश्वका ७५ भन्दा बढी देशबाट दस हजारभन्दा बढी सांस्कृतिक पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्नु भएको छ।
