नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।


सुनसरीको इटहरी उपमहानगरपालिका-७ बज्राह डेरा गरी बस्ने खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ घर भएका ३५ वर्षीय देवान राईको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
