मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, रोशी गाउँपालिका-३ फलामेसाँगुस्थित रोशी खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवा बस्ने ८० वर्षीय नयाराम जैशी सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-५ बेलुवापुर टोल बनखेत बस्ने ५५ वर्षीय प्रेम बहादुर भण्डारी उनकै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै झापा, हल्दीवारी गाउँपालिका-४ मंगलवारे बजार नजिक कल्भर्टमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार