नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असार ।


सौरभ रिजाल तथा समृद्धि रिजाल जुम्ल्याहा दाजु बहिनी हुन् । यी दुवै दाजु बहिनीले एसइई २०८१ को परिक्षामा सर्वोत्कृष्ट नतिजा ‘जिपीए ४’ ल्याउन सफल भएका छन् ।
लालिगुँरास नेसनल एकेडेमी, मनमैजुका विद्यार्थी यी दुईले आफ्नो अठोट परिश्रमको साथै विद्यालयका गुरु गुरुआमाहरुको उच्च मार्गदर्शनको कारण नै यो नतिजा ल्याउन सफल भएको बताउँछन ।
विद्यालयका संयोजक साजेश बागचन्द भन्नु हुन्छ, “दुवै दाजु बहिनी यस विद्यालयका अब्बल होनहार विद्यार्थी हुन् र हामीलाई दाजु बहिनिले रेकर्ड राख्नेछन भन्नेमा पूर्ण विश्वास थियो ।”
लालिगुँरास नेसनल एकेडेमीबाट ८८ जना विद्यार्थीहरुले एसइई परिक्षा दिएकोमा जुम्ल्याहा दाजु बहिनीले ‘जिपीए ४’, ४२ जनाले ‘ए प्लस’, ३४ जनाले ‘ए’ र १२ जनाले ‘बी प्लस’ ल्याउन सफल भएका थिए।

