नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो ।
मंगलबार ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

