नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो ।
आइतबार तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ ।
आइतबारको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ११, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव १४ र व्यापार शून्य दशमलव ८८ प्रतिशतले बढेको छ ।
विकास बैंक एक दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव २५, जलविद्युत् एक दशमलव शून्य पाँच, जीवन बिमा एक दशमलव ३०, लघुवित्त शून्य दशमलव शून्य छ र निर्जीवन बिमा शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।
आइतबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य आठ दशमलव ८७ प्रतिशतले घटेको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको रू ४९ करोड ४० लाख आठ हजार ४८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता खरिदबिक्री भएको छ ।
