सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार एक सयले बढेको हो ।

चाँदी मूल्य पनि रु ६५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ९०० कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार २८५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य दुई हजार २२० मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार