नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आइतबारको तुलनामा आज एक तोला सुनको मूल्य रु चार सयले बढेको हो ।
चाँदी मूल्य पनि रु ३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९३ हजार ३०० कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ३१५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार २८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
