आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीलाई एक निर्देशन दिँदै सबै विवरण उपलब्ध गराउन भनेको छ ।

प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आ-आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा,प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमा शुल्क तथा म्यादी जीवन बीमा  शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमा शुल्क भुक्तानी हुने बीमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन् ।

यस्तै, बीमक ठूलो रकमको बीमा शुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायत समस्या देखापरेको छ ।

त्यसबाट गुणस्तरीय एवं भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएका सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार