नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अङ्कले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

बुधबार तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा व्यापार समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ८६ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ५९, वित्त शून्य दशमलव ७५, होटल तथा पर्यटन शून्य दशमलव ५९, जलविद्युत् एक दशमलव २८ र लगानी शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ८५, म्युचुअल फण्ड एक दशमलव ५८, निर्जीवन बिमा एक दशमलव ८५ र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।

बुधबारको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर-२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८७ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार