सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार आठ सयले बढेको हो ।

चाँदी मूल्य पनि रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार ५०० कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ३२० मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य दुई हजार २८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार