मृत अवस्थामा छ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका-७ निमिटोल डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका-४ घर भएका ३१ वर्षीय सेर बहादुर तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित खाली चौरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको मर्चवारी गाउँपालिका-७ पैसियाघाटस्थित डण्डा नदीमा तिलोत्तमा नगरपालिका-७ सेमरा बजार बस्ने ५० वर्षीय साह आलम अलि सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित मेडिकल कलेजको वृक्षरोपण गरेको चौडीमा सोही नगरपालिका-१० मुसहर बस्ती बस्ने ३० वर्षीय संजिव सदा सोमबार मृत अवस्थामा फेला परेका छन् । उता मोरङको बेलबारी नगरपालिका-८ त्रिवेणी चोक बस्ने ५० वर्षीय शेर बहादुर खड्का सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता सुर्खेत, बराहताल गाउँपालिका-७ माथिल्लो तरङ्गास्थित भेरी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार