नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।


देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ डेरा गरी बस्ने सुनसरी इनरूवा नगरपालिका-७ चाँदवेला घर भएका २६ वर्षीय महमद सुबजानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महमदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुवहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रोशनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

