नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । दैलेखको आठबिस नगरपालिका-४ सिम बसन्धारस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका-५ बिरताटोल बस्ने ७५ वर्षीय शिवचन्द्र राय आफ्नै घर नजिकै उखुबारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवनको कालिका नगरपालिका-९ शक्तिखोर जंगलमा राप्ती नगरपालिका-११ बस्ने ५७ वर्षीय कृष्ण बहादुर प्रजा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापाको बिर्तामोड नगरपालिका-६ सुभ बिहानी टोलस्थित सुँगुर फर्ममा काम गरी बस्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बर बहादुर मगर फर्मभित्रै बुधबार मृत अवस्थामा फेला परेका छन् । यता रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित घर छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ स्थित वडा कार्यालय अगाडि रहेको पोखरीमा सोही गाउँपालिका- ५ बस्ने ५० वर्षीय जिरजोधन माझि मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी पाँचथर, फिदिम नगरपालिका-१३ फेजुङ बस्ने ४२ वर्षीय भक्त राज नेम्वाङ सोही
ठाउँस्थित बाटो छेउको नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

