सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु दुई हजार चार सयले घटेको हो ।

चाँदी मूल्य पनि रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० कायम भएको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार ३३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य दुई हजार ३५० मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार