नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।


सर्लाहीको मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल १ थान सहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

