जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलालीको टीकापुर नगरपालिका-२ बन्दिपुर बस्ने ४२ वर्षीय किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको अवस्थामा किसिम समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ५ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार