नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । इलामको देउमाई नगरपालिका-९ बस्तिथुम्का बस्ने ४० वर्षीय सोम बहादुर मगर सोही नगरपालिका-९ देउमाई खोला नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१६ हात्तिगाडे बस्ने ७५ वर्षीय कर्ण बहादुर गुरूङ सोही ठाउँस्थित हातीगाडे नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँकेको कोहलपुर नगरपालिका-१२ शान्ति टोल बस्ने २९ वर्षीय शोभाकान्त काफ्ले आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता लमजुङको बेसीशहर नगरपालिका-८ झ्याङखोलास्थित करापुटार होटेलको कोठा नम्बर ४ मा कव्होलासोथार गाउँपालिका-२ मालिङ बस्ने ३५ वर्षीय आसमान गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कास्कीको पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीया जमुना नेपाली आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-११ कटाह त्रिवेणी टोलस्थित बाटोमा सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने ६० वर्षीय देशु चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ कुशहा बस्ने २७ वर्षीय राम किसुन राय सोही ठाउँस्थित कोशी नहरको बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यतै पर्साको वीरगंज महानगरपालिका-१५ ब्रहम चोकमा सर्लाही बरहथवा नगरपालिका-७ बस्ने ५५ वर्षीय भवन बहादुर रानामगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता नुवाकोटको बिदुर नगरपालिका-११ बरूगाउँ सामुदायीक वन नजिकै सडक छेउमा सोही नगरपालिका-११ खत्री गाउँ बस्ने ८२ वर्षीय श्याम बहादुर प्याकुरेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता सुनसरीको दुहबी नगरपालिका-१० झर्ना टोलस्थित गोरेटो बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै लमजुङको सुन्दरबजार नगरपालिका-७ पाउदीस्थित मर्स्याङदी नदीको किनारमा सोही नगरपालिका-९ धारापानी बस्ने रोल्पा घर भएका प्रेम बहादुर घर्ति मगरकी छोरी ११ वर्षीया शान्ति मगर बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ राईटोल बस्ने ६५ वर्षीया बिष्णुमाया महत आफ्नै भान्छा कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

