४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-९ माधवपुर बस्ने ४५ वर्षीय राम सहरे यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार