मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । पर्सा, जगरनाथपुर गाउँपालिका-५ स्थित गण्डक नहरमा बारा फेटा गाउँपालिका-४ बटरा टोल बस्ने दिनेश मुखिया बिनको छोरा ९ वर्षीय प्रधुम्न मुखिया बिन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-२ खोचीस्थित भेरी नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर बस्ने ४५ वर्षीया बिष्णु थारू आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन ।

उता रसुवा, नौकुण्ड गाउँपालिका-३ गुम्बाडाँडा बस्ने ७२ वर्षीय दिल बहादुर घलान सोही ठाउँस्थित गुरूखोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, जानकी गाउँपालिका-४ मुनुवा बस्ने ७३ वर्षीय बल बहादुर कठरिया सोही ठाउँस्थित आफ्नै खेत नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ खारखानी जङ्गलको पानीधारास्थित सडक छेउमा वाणगंगा नगरपालिका-७ बस्ने ५६ वर्षीय भोज बहादुर खत्री शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-४ स्थित डुम्रई खोलामा सोही गाउँपालिका-३ चिसापानी बस्ने ७७ वर्षीय रेवन सिंह खङ्गाहा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै म्याग्दी, बेनी नगरपालिका-१० पात्लेखेत बस्ने ७८ वर्षीया चन्द्रकला भण्डारी सोही नगरपालिका-१० स्थित जङगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उता तनहुँ, बन्दिपुर गाउँपालिका-४ नयाँपुलस्थित प्रतिक्षालयमा भारत उत्तर प्रदेश तारा पञ्चायत बस्ने ६५ वर्षीय लाल बहादुर सिल्पकार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रोल्पा, त्रिवेणी गाउँपालिका-७ स्थित दर्बे खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार