गुल्मीमा आगलागीबाट युवतीको निधन

गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ ।

धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।



स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

 

सम्बन्धित समाचार