एनपिएलको पहिलो संस्करणबाट क्यानलाई दुई करोड बढी आम्दानी

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-१ बाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी गरेको छ । बिहिबार बसेको क्यान बोर्ड बैठकमा नेपाल प्रिमयर लिग परिचालन परिषदले आफ्नो आय व्ययको विवरण सार्वजनिक गरेको हो ।

प्रस्तुत विवरण अनुसार पहिलो संस्करणमा एनपिएलले २७ करोड ६९ लाख ६४ हजार ८१५ रुपैंया उठाएकोमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैंया रहेको छ ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा क्यानले ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गर्दा प्रदेश क्रिकेट संघलाई ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख दिएको थियो । उसको सबै कुल आयमा खर्च कटाएर २ करोड ४६ लाख ५० हजार ७८९ रुपैंया आम्दानी गर्न सक्यो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय-व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तीमा उल्लेक्ग गरिएको छ ।

सम्बन्धित समाचार