नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।


१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

