नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका-५ बेझाडस्थित नहरमा सोही नगरपालिका-४ देवीस्थान बस्ने ७२ वर्षीय धन बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-७ ब्यारेज पुलस्थित ३२ नम्बर ढोकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धादिङ, गजुरी गाउँपालिका-६ बेल्खुस्थित बेल्खु पुल मुनि हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

